RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
१०३५ पटक

काठमाडौं : एक महिनाअघि दुई सय ४५ रुपैयाँ किलोको लसुनको भाउ सोमबार पाँच सय ५५ रुपैयाँमा किनबेच भयो। पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा पनि लसुनको भाउ दोब्बरभन्दा बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ।

यसअघि खुद्रा बजारमा पाँच सय रुपैयाँ प्याकेटमा पाइने फेस मास्कको भाउ होलसेलमै आठ सय रुपैयाँ नाघेको औषधि व्यवसायी बताउँछन्। यी दुवै वस्तुको भाउ अकासिनुको एउटै कारण हो– चीनमा फैलिएको कोरोना भाइरस।

कोरोना भाइरसको महामारीले सामान्य जनजीवनदेखि पर्यटक आवागमन प्रत्यक्ष प्रभावित भएको छ। उत्तरी छिमेकमा फैलिएको महामारीले मुलुकको समग्र अर्थतन्त्रमै असर गर्न सक्ने जानकार बताउँछन्। विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्ने अनुमान गरिएको यो महामारीले मूलतः पर्यटन उद्योगलाई धराशयी पार्ने धेरैको विश्लेषण छ।

‘जनवरीमै पर्यटक भित्रिने क्रम आधा घटिसकेको छ। भ्रमण वर्ष र पर्यटन क्षेत्रको आम्दानीलाई महामारीले ज्यादै ठूलो असर पार्ने देखिएको छ’, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले भने।अन्नपुर्ण पोष्ट दैनिकबाट …

प्रतिकृया दिनुहोस्