RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/५ गते
५३८ पटक

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ । मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागेको हो ।

दसैंलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो । बिक्री खुला गरेको दुई दिनमै खसीबोकोका सकिएपछि थप एक हजार ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्यभन्दा सस्तो भएकाले पनि दुई दिनमै बिक्री भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

खसीबोकाको माग बढेपछि थप एक हजार ल्याएर बिक्री गरिने उनले जानकारी दिए । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्नसक्ने भन्दै बजार हस्तक्षेप गर्नका लागि बिक्री गरेको कम्पनीले जानकारी दिएको छ ।
बजार मूल्यभन्दा प्रतिकेजी ५० देखि १ सय रुपैयाँ सस्तो भएकाले ल्याएको दुई दिनमै बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ ।

अहिलेसम्म आठ सय सख्यामा खसीबोकाको बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ । थप दुई सय सख्यामा बुधबार आइपुग्ने कम्पनीले जानकारी दिएको छ । दाङ र मकवानपुरको हेटौडाबाट कम्पनीले खसीबोका खरिद गरेर बिक्री गरेको छ । यो वर्ष एक हजार संख्यामा मात्र खसीबोका ल्याउने भने पनि उपभोक्ताको माग बढेकाले थप एक हजार ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले प्रतिकेजी ५५० रुपैयाँमा बिक्री गरेको थियो । बिक्री खुला गरेको पहिलो दिनदेखि नै खरिद गर्ने ग्राहकको भीडभाड लागेको कम्पनीले जानकारी दिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष दसैंमा खसीबोका बिक्री गर्दै आएको छ । यो वर्ष च्याङ्ग्रा भने बिक्रीका लागि नल्याइएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्यभन्दा सस्तो भएकाले पनि खरिद गर्ने ग्राहकको बढी भीड लागेको कम्पनीले जानकारी दिएको छ ।

बजारमा व्यवसायीले भने प्रतिकेजी ६ सय देखि ६ सय ५० सम्म खसीबोका बिक्री गरेका छन् । च्याङ्ग्रा भने प्रतिकेजी ९ सय देखि १ हजार रुपैयाँ रहेको व्यवसायीको भनाइ छ । बजारमा खसीबोकाको बिक्री बढ्दै गएको छ । व्यवसायीले ल्याएकाख सीबोकाको व्यापार पनि बढ्दै गएको छ । कारोबार दैनिकबाट 

प्रतिकृया दिनुहोस्