RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/५ गते
६७६ पटक

काठमाडाैँ – प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा बुधबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै प्रदेश २ र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ भने मुलुकका अन्य भूभागमा दिउँसोको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

यस्तै बुधबार राति देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदको भनाई छ। अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको छ।

 

प्रतिकृया दिनुहोस्