RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/६ गते
५५५ पटक

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज देखिएका संक्रमितसंगै देशभरि कुल संक्रमित एक लाख ४४ हजार ८७२ पुगेको र सक्रिय संक्रमित ४४ हजार ४७६ जना रहेको जानकारी दिए । यस्तै देशभरका क्वारेन्टिनमा चार हजार ६५ जना छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ३ हजार १०७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा २ हजार ३९१ , भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनालाई संक्रमण देखिएको छ ।

डा गौतमका अनुसार आज दुई हजार ९९६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्