RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
१३७६ पटक

घरेलु मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता आजबाट खेल्दैछ । त्रिकोणात्मक श्रृखंलामा नेपाल, अमेरिका र ओमानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा एक अर्काको सामना गर्नेछ ।
नेपालले आईसीसी लिग डिभिजन दुईमा भने घरेलु मैदानबाटै प्रतियोगितामा ‘डेब्यु’ गर्ने उत्कृष्ट अवसर पाएको छ । प्रतियोगितामा तीनै टोलीले चार चार म्याच खेल्नेछन् । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाएपछि ओमान र अमेरिकाको पहिलो पटक सामना गर्दैछ ।
बिगत्को प्रदर्शन
हालसम्म नेपालले छ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको छ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाए लगत्तै विदेशी भूमीमा यूनाइटेड अरब इमिरेट्स र नेदरल्याण्ड्सको सामना गरेको थियो ।

पहिलो एकदिवसीय खेल नेपालले अगष्ट १, २०१८ मा खेलेको थियो । अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलोपटक नेदरल्याण्ड्सको सामना गर्दा नेपालले ५५ रनले हार बेहोरेको थियो ।

आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउँदै मात्र १३४ रनमा समेटिन पुगेको थियो । दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले एक रनको झिनो अन्तरको जित हात पार्यो । दोस्रो खेलमा २१७ रनको लक्ष्य नेपालले प्रस्तुत गरेकोमा नेदरल्याण्ड्स ५० ओभर खेलेपनि २१५ रनमा समेटियो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्