RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/७ गते
५१३ पटक

पछिल्लो एक महिनामा काठमाडौं उपत्यकाबाट सात लाख यात्रु बाहिरिएका छन् भने ६ लाख भित्रिएका छन् । कोरोना भाइरस संक्रमण बढिरहेकाले दसैं मान्न लागिको आवतजावत बढेको हो । बिहीबारसम्म सात लाख २५ हजार यात्रु उपत्यकाबाट बाहिरिएकोमा ६ लाख २२ हजार भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

पछिल्लो ६ दिनमा मात्रै १ लाख ३१ हजार यात्रु बाहिएका छन् भने ८५ हजार भित्रिएका छन् । दसैं मान्नका लागि पछिल्लो ३-४ दिनयता उपत्यका भित्रिनेभन्दा बाहिरिनेको संख्या बढ्दै गएको छ । अघिल्ला वर्ष एक महिना अघिदेखि दसैं मान्न जाने यात्रुको भीडभाड हुने गरेकोमा यो वर्ष बढ्न सकेको छैन । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यकाबाट बाहिरिनेको सख्ंया धेरै कम भएको महाशाखाले जनाएको छ । कोरोना संक्रमणका कारण मानिसको आवतजावत दुवैमा समस्या छ ।

महाशाखाका अनुसार कात्तिक १ गते २१ हजार ४ सय ७८ जना उपत्यकाबाहिर गएका थिए भने ४ हजार ४ सय ४ जना भित्रिएका थिए । यस्तै कात्तिक २ गते २३ हजार ३ सय ९२ हजार बाहिरिएकोमा ४ हजार ४ सय ६० जना भित्रिएका थिए । कात्तिक ३ गते २३ हजार ८ सय ३६ जना बाहिरिएकोमा ४ हजार ५ सय ५२ जना भित्रिएको महाशाखाले जानकारी दिएको छ ।

यस्तै, कात्तिक ४ गते २२ हजार २ सय ९९ जना बाहिरिएकोमा ४ हजार ५ सय १२ जना भित्रिएका छन् । कात्तिक ५ गते २५ हजार २ सय १९ हजार उपत्यकाबाहिर गएकोमा ४ हजार ५ सय ७१ हजार भित्रिएका छन् । बिहीबार २६ हजार यात्रु बाहिरिएको र ४ हजार पाँच सय भित्रिएको जनाइएको छ ।
महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कोरोनाभाइसको संक्रमण बढ्दै गएपछि यो वर्ष बाहिरिने यात्रुको सख्या अघिल्लो वर्षको तुलनामा धेरै नै कम भएको छ । अघिल्ला वर्ष दसैंको लागि एक महिना अघिदेखि नै गाडीको अग्रिम टिकट खुला हुने गरेको थियो । यो वर्ष भने यात्रु कम हुँदा बुकिङ खुलेन । सुरक्षाका मापदण्ड अपनाएर यात्रु फाट्टफुट्ट गए पनि धेरैजसो उपत्यकामै बसेका छन् । कोरोनाभाइरसको संक्रमण बढदै गएकाले सरकारले उपत्यकाबाहिर नजानसमेत आग्रह गरेको छ ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्