RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/८ गते
५४३ पटक

जनता समाजवादी  पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ ।

भट्टराईले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन ।

‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं’

पछिल्ला दिनहरुमा भट्टराई दम्पत्ति पार्टीका कार्यक्रमहरुमा सहभागी भएका थिए । प्रदेश दुईमा पार्टीले कोरोना संक्रमणको मापदण्डविपरित सयौंको संख्यामा कार्यकर्ता भेला गरेको थियो ।

प्रतिकृया दिनुहोस्