RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/११ गते
२५६९ पटक

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशभरको मौसम अधिकांश रुपमा सफा रहने भएको हो ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ र बाग्मती प्रदेशका केही भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस्