RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१२ गते
५३० पटक

काठमाडौं, कात्तिक १२ । पछिल्लो २४ घण्टामा ३१ सय ६८ जनाले कोरोनासँगको लडाई जितेको छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१ सय ६८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका हुुन ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख १८ हजार ८ सय ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधीमा देशभर थप ५ सय ७० सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकासँगै कुल संक्रमित संख्या एक लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ छ।

मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका ल्याबमा जम्मा २७ सय २५ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १४ लाख ६९४ पिसिआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्