RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
२१०८ पटक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्रीले कर्णाली प्रदेशसभाको दोश्रो वार्षिकोत्सवमा बौल्दै कसैले भारतीय फिल्म नायक जस्तो भएर विकास गर्न नसक्ने बताएका हुन् ।

‘अहिले केहीले आफु मुख्यमन्त्री भएको भए भारतीय नायक फिल्मको हिरो जस्तो काम गर्छौ भन्ने सोच्नु भएको छ उनले भने,‘मैले त्यो फिल्म हिरो जस्तो काम गर्न संम्भव कसैबाट देख्दिन् । नियम कानून बनाएर मात्र बलियो हुनसक्ने र विकास गर्न सकिने भन्दै मुख्यमन्त्री शाहीले गृहमन्त्री रामबहादुर थापाको पनी उदाहरण पनी लिएका छन् । ‘गृहमन्त्रीले पनि ठेकेदारलाई ल्याएर कोच्नु भन्नु भयो । तर सफल हुनु भएन

मुुख्यमन्त्री शाहीले विकास निर्माणका काम हुन नदिएर आफूलाई असफल पार्न खोजेको बताए । ‘अहिले केही मान्छेहरु आफु फेल भएकोमा पछुत्तो छैन । अर्को किन पास भयो भनेर प्रश्न गरिरहेको छ । कसले असफल बनाउन खोजेको हो भन्ने कुरा मुख्यमन्त्री शाहीले नखुलाएर कर्णालीको विकासको सन्दर्भलाई जोडेर उनले आफूमाथि षड्यन्त्र भइरहेको प्रष्ट संकेत गरेका छन् ।

मुख्यमन्त्री शाहीले आफूलाई असफल बनाउन विकास निर्माणका केही काम रोक्न खोजिएको तर्फ पनी संकेत गरेका छन । किन षड्यन्त्र बुन्नुप¥यो ।’ उनले भने,‘हरेक कुराको आलोचना गर्दै हिड्ने बाहेक विकास निर्माणका काम सहयोग गर्न कसैले सकेको छैन् ।’ भन्दै उनले दुख ब्यतm गरेका छन्

 

प्रतिकृया दिनुहोस्