RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१६ गते
१२७७ पटक

सुर्खेत — आइतबार बिहानै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

शनिबार साँझ मन्त्रिमण्डल पुनर्गठनको खाका तयार भएको र केन्द्रीय राजनीतिको हस्तक्षेप नभए ओली पक्षका मन्त्रीलाई हटाएर पुनर्गठन हुने मुख्यमन्त्री निकट स्रोतले बतायो । त्यसो गर्दा अहिले रहेका प्रधानमन्त्री ओली पक्षका रावल र नन्दसिङ बुढा सरकारबाट बाहिरिने छन् ।यही सम्भावनाबीच मन्त्री रावलले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस्