RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
१५९८ पटक

ठमाडौं ।  ओमानले नेपाललाई १८ रनले पराजित गरेको हो। नेपालका लागि शरद भेसावकरले ५५ रन बनाएका थिए भने दिपेनद्र सिंह ऐरीले ३६ रनको योगदान गरेका थिए।

त्यसैगरि सन्दिप लामिछानेले २८ र बिनोद भण्डारीले २६ रन बनाएका थिए। बलिङमा विकेट लिन नसकेका सन्दिपले ब्याटिङबाट नेपालले जित्ने संभावनाको ढोका खोलेका थिए।

नेपालको सुरुवात खराब रहेको थियो। टोलीको स्कोर चार रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का दुई ओपनरलाई गुमाएको थियो। ज्ञानेन्द्रले १ रन बनाएका थिए भने पारसले तीन मात्र।

ओमानका जेसान मकसुदले ३ वेकट लिएका थिए। त्यसैगरि कालेमुल्लाहले २ विकेट लिएका थिए।   पहिलो पारीमा करण केसी र सुसान्त भारीको उत्कृष्ट बलिङको परिणाम नेपालले ओमानलाई मध्यम स्तरको स्कोरमा समेट्न सफल रहेको छ।

आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा अहिले नेपाल र ओमान भिडिरहेका छन् । त्रिकोणात्मक सिरिज अन्तर्गतको कीर्तिपुरमा भइरहेको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।

प्रतिकृया दिनुहोस्