RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२० गते
७३१ पटक

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर सारिएको छ । शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक २४ गतेको लागि सारिएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बैठक कात्तिक २४ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ । बैठक सार्नुको स्पष्ट कारण नखुलाइएपनि आन्तरिक विवाद समाधान नभएकाले थप समय लिइएको बुझिएको छ ।

१४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा काँग्रेसभित्र लामो समयदेखि मतमतान्तर छ ।

विभाग गठन–मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाको म्याद थप र महाधिवेशन तथा क्रियाशील सदस्यताको वितरणका सन्दर्भमा भएका विधानविपरीत  निर्णयहरू भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्