RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
११०२ पटक

झापाको विर्तामोडमा मुलुककै सबैभन्दा ठूलो ‘कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’ निर्माण हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र विर्तामोड नगरपालिकाबीच केन्द्र निर्माण गर्ने सम्झौता भएको हो । मंगलबार दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माण हुने पक्का भएको हो ।

कृषि उपज तथा कृषिजन्य वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रवद्र्धन केन्द्र निर्माणको कार्य सुरु गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।

संघीय सरकार, प्रदेश सरकार साथै विकास साझेदार संस्थाको सहलगानीमा निर्माण प्रवद्र्धन केन्द्र निर्माण हुने श्रेष्ठ बताउँछन् । विर्तामोड नगरपालिका–८ स्थित दुर्गा गुठी भगवतीको जमिनमा निर्माण हुने प्रवद्र्धन केन्द्र ८ विद्या, १३ कठ्ठा, १५ धुरमा बन्ने छ । प्रवद्र्धन केन्द्रका लागि थप जग्गा आवश्यक परे भाडामा लिने जनाइएको छ ।

नेपाली कृषि उपजको टेष्टिङ केन्द्र, अक्सन केन्द, प्रशोधन केन्द्र, लगायतका कृषि उपज परीक्षण गर्न सकिने अन्तर्राष्ट्रियस्तरको ‘ल्याब’ निर्माण हुने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जयप्रसाद शिवाकोटीले बताए ।

उक्त ल्याब निर्माणका लागि २ अर्ब भन्दा बढी लगानी आवश्यक हुने शिवाकोटी बताउँछन् । “पूर्वको काँकडभिट्टा भन्सार र रानी भन्सार विराटनगरबाट बढी मात्रमा कृषि उपज निर्यात हुने भएकाले उद्योग वाणिज्य महासंघले बिर्तामोडमा ल्याब निर्माणको प्रक्रिया सुरु गरेको हो” सदस्य शिवाकोटीले भने, “नेपाली कृषि उपज प्रशोधका लागि भारतीय बजारमा पु¥याउनु पर्ने बाध्यता छ, जसले गर्दा नेपाली कृषक, व्यवसायी लाखौँ रुपैयाँ खर्च गर्न बाध्य छन्, प्रवद्र्धन केन्द्रको निर्माणसँगै त्यो समस्या हल हुने छ ।”कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्