RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२१ गते
५८६ पटक

काठमाडौं : प्रचण्डले शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए। जहाँ वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै उपस्थित भएका छन्।

तर बैठकमा उपस्थित हुन सचिवालयका नौ जनालाई सदस्यलाई नै खबर पठाइएको दाबी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए। ‌ओली पक्षले भने प्रचण्डले राखेको भनिएको बैठकको कुनै बैधानिकता नहुने तर्क गरेको छ।

बैठकबारेमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई जानकारी पुगे पनि उनले सरकारको काममा नै व्यस्त भएकाले नजाने खबर प्रचण्डलाई पठाइदिएका थिए।

बादल पनि गएनन्

यसैबीच प्रचण्ड पक्षले आफ्नो समूहका भन्दै आएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ पनि बैठकमा सहभागी हुन गएनन्। केही दिनअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई पार्टी फुटतिर लैजान कुनै पनि क्रियाकलाप कसैले पनि गर्न नहुने मत राखेका थिए।

बादलले पार्टीमा देखिएको समस्या बैठकबाटै समाधान गर्नुपर्ने सुझाएका थिए। उनले प्रचण्डलाई ओलीसँग बालुवाटारमा सहमति जनाएर खुमलटारमा असहमति प्रकट गर्ने दोधारे व्यवहार नदेखाउन पनि सुझाव दिएका थिए।

बादलले आफ्नै पार्टीको सरकार रहेका बेला प्रतिपक्ष जस्तो भूमिका नखेल्न पनि प्रचण्डलाई सुझाएका थिए। उनले ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिने निर्णय स्थायी कमिटीबाट गरिसकेपछि अर्को बखेडा झिक्न उचित नहुने बताएका थिए।

प्रतिकृया दिनुहोस्