RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२२ गते
११३२ पटक

रोयल च्यालेन्जर्स  बैंगलोरलाई ६ विकेटले हराउँदै सनराइजर्स हैदरावाद यूएईमा जारी १३ औँ सिजनको आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

शुक्रबार भएको एलिमिनेटर खेलमा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९.४ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

उसका लागि केन विलियम्सनले अविजित ५०, मनीष पाण्डे, जेसन होल्डरले २४/२४ र कप्तान डेविड वार्नरले १७ रन बनाए । बलिङमा आरसीबीका मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो ।

उसका लागि एबी डिभिलियर्सले ५६, आरोन फिन्चले ३२ र मोहम्मद सिराजले अविजित १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा जेसन होल्डरले ३, थांगारासु नटराजनले २ र साहबाज नदीमले एक विकेट लिए ।

बैगलोरसँगको जितसँगै हैदरावादले अब फाइनल पुग्न दिल्ली क्यापिटल्ससँग खेल्नेछ । पहिलो वालिफायरमा मुम्बईविरुद्ध दिल्ली  ५७ रनले पराजित भएको थियो । दिल्ली र हैदराबादबीचको खेल भोलि हुनेछ ।

प्रतिकृया दिनुहोस्