RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/४ गते
४२४ पटक

नेपालमा कोरोना संक्रमण निको हुने दर ८६.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अध्यावधिक विवरण अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेको छ ।
हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ लाख ६३८ जना रहेको छ । यस्तै हालसम्म कोरोनाबाट १ हजार २७६ जनाले ज्यान गुमाएका छन् भने क्वारेन्टिनमा ७६७ जना रहेका छन् ।
यस्तै हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको कोरोना परीक्षण भएको छ भने बितेको २४ घण्टामा मात्रै ९ हजार ८०५ जनाको परीक्षण भएको छ ।
यस्तै बितेको २४ घण्टामा ८६४ महिला र १ हजार २३९ पुरुषसहित थप २ हजार १०३ जना संक्रमित थपिएका छन् भने २ हजार ८५८ संक्रमण मुक्त भएका छन् । यस्तै १७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्