RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/५ गते
५२७ पटक

मुलुकको आर्थिक तथा राजनीतिक क्षेत्रमा अन्योल बढिरहे पनि अर्थतन्त्रको प्रतिविम्ब भनिने सेयर बजारमा भने उत्साह देखिएको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनसँगै उकालो लाग्न थालेको सेयर बजारको गति रोकिएको छैन ।

साताको अन्तिम दिन सेयर बजारमा ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ र यो एकैदिन कारोबार भएको हालसम्मकै उच्च परिमाण हो ।
पूर्वअर्थमन्त्री डा. खतिवडा सेयर बजारप्रति नकारात्मक भएको आरोप लगाउँदै लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा थिए । तर मन्त्रालयमा नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपछि बजारले गति लिन थालेको देखिएको छ । मन्त्री पौडेल पुँजी बजारमैत्री भएको लगानीकर्ताको बुझाइ छ । जसले गर्दा पनि बजार बढेको चर्चा सुरु भएको छ ।

बिहीबार १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर कुल ६ अर्ब ११ करोड ६७ लाख ३० रुपैयाँमा कारोबार भएको हो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ३२ करोड ५६ लाख ८९ हजार रुपैयाँले बढी हो । बिहीबार भएको कारोबार रकम हालसम्मकै उच्च हो । बुधबार कुल ४ अर्ब ७९ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । १ सय ९८ वटा कम्पनीको ५६ हजार कारोबार भएको दिन बजार मापन गर्ने नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ अंकमा उक्लिएको छ । सेयर बजारमा ऐतिहासिक कारोबार भएको दिन सबै समूहको परिसूचकमा हरियाली छाएको छ ।

निर्जीवन बिमा समूहको परिसूचक ३९९.१६ अंकले बढ्दा बिमा समूहको परिसूचक ३७६.१५, उत्पादनमूलक समूहको परिसूचक २०४.७३, व्यापार समूहको परिसूचक १९८.४, होटल समूहको परिसूचक ११८.६३ र अन्य समूहको परिसूचक ५८.१५ अंकले बढेको छ । यस्तै, लघुवित्त समूहको परिसूचक ४६.३८, विकास बैंक समूहको परिसूचक २८.९९, जलविद्युत् समूहको परिसूचक २१.६३, वित्त समूहको परिसूचक १३.७६, वाणिज्य बैंक समूहको परिसूचक २.७१ र म्युचुअल ०.०७ अंकले बढेको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा सम्पनीको सबैभन्दा धेरै ४१ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ । तारागाउँ रिजेन्सी होटल र युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबै धेरै कमाउने क्रममा सकारात्मक सर्किट लागेको छ ।

कारोबार दैनिकबाट……….

प्रतिकृया दिनुहोस्