RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/५ गते
१२५६ पटक

काठमाठौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी को सरूवा भएको छ। नेपाल सरकार, मृह मन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार ७ गते आइतबारदेखि लागू हुनेगरी सरूवा गरेको हो।

महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुरका प्रमुख पनि परिवर्तन भएका छन्। काठमाडौं परिसरका प्रमुख अशोक सिंह भएका छन् भने ललितपुर परिसरका प्रमुख किरण बज्राचार्य भएका छन्। अहिले काठमाडौंका प्रमुख श्यामप्रसाद ज्ञवाली छन् भने ललितपुरका प्रमुख टेकप्रसाद राई छन्।

ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्शालमा सरूवा भएको हो। टेकप्रसाद राईको नक्सालको कार्य विभाग कार्य महाशाखामा सरूवा भएको हो। त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रमुख जनक भट्टराई भएका छन्। त्यहाँ अहिले भिमप्रसाद ढकाल प्रमुख छन्। उनको सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरूवा भएको छ।

प्रतिकृया दिनुहोस्