RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/९ गते
१७९५ पटक

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।

सोमबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६ सय २९ जना क्वरेण्टीनमा छन् । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्