RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१२ गते
६०१ पटक

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन्।

राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका छन्।

प्रतिकृया दिनुहोस्