RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२४ गते
८६५ पटक

जुम्ला-कर्णालीको कुल जनसंख्या करिब १७ लाख ७० हजार रहेको तथ्यांक छ । त्यतिमध्ये प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा उल्लेख भए अनुसार आर्थिक रुपमा सक्रिय अर्थात व्यवपार व्यवसायमा लागेको जनशक्ति ४१ प्रतिशत मात्रै रहेको छ ।

जसका कारण आर्थिक विकासको सूचकांकमा सबै प्रदेश भन्दा पछि रहेको छ । ५९ प्रतिशत अर्थात कर्णालीको कुल जनसंख्याको दोब्बर जनशक्ति आर्थिक रुपमा सक्रिय छैनन् ।

मुलुकमा ३९ दशमलव ९ प्रतिशत जनशक्ति आर्थिक रुपमा सक्रिय भएको अवस्थामा कर्णालीमा ४१ प्रतिशत रहेको छ । कर्णालीमा कृषिमा आधारित जनशक्तिको वर्षभरी रोजगारी उपलब्ध नहुँदा उर्जाशील जनशक्तिको श्रम गन्तव्य भारत हो । तथापी प्रदेश सरकार गठन भइसकेपछि आर्थिक रुपमा सक्रिय जनशक्ति बढ्दै जानुपर्नेमा लक्ष्य अनुसार हुन सकेको छैन् ।

आर्थिक रुपमा सक्रिय जनशक्तिले भारतमा पसिना बगाउने, यता जमिन बाँझो रहनेले कर्णालीको विकास अझै पछि धकेलिएको विज्ञ कुसेन्द्र महत बताउँछन् । उनले कर्णालीको आर्थिक विकासका लागि आर्थिक रुपमा सक्रिय जनशक्तिलाई काम दिन आवश्यक रहेको बताए ।

तर, कर्णालीका ७९ वटै स्थानीय तह र प्रदेश सरकारले उत्पादनमुखी बजेट ल्याउन सकेको छैन । त्यसैगरी आर्थिक रुपमा सक्रिय युवालाई रोजगारी दिएर आर्थिक विकास हासिल गर्न समेत सकेको छैन ।

कर्णालीमा आर्थिक उत्पादनका क्षेत्रहरु पनि प्रशस्त छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, “दक्ष जनशक्ति पनि नभएका हैनन्, कृषि, पर्यटन, जडिबुटी, उद्योग कलकारखानामा उपयुक्त लगानी नहुँदा आर्थिक रुपमा सक्रिय जनशक्ति घट्दै गएका हुन् ।” आर्थिक रुपमा सक्रिय भएपनि कर्णालीको हजारौंको जनशक्ति नियमित रुपमा पलायन भइरहेको छ ।कारोबार दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्