RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१३ गते
४८७ पटक

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको मतदान प्रक्रिया सम्पन्न भएको छ। महासंघमा आगामी नेतृत्व चयनका लागि शनिबार भइरहेको जिल्ला नगरतर्फको मतदान प्रक्रिया सम्पन्न भएको हो।

महासंघका एक कर्मचारीले जिल्ला नगरतर्फको मतदान सकिएपनि वस्तुगत तथा एसोसियटतर्फ मतदान भइरहेको जानकारी दिए।

वस्तुगततर्फ १०१ मध्ये ९२ जनाले मतदान गरेका छन् भने ९ जनाले मतदान गरिरहेको उनले बताए। एसोशियटतर्फ ९०३ जना मतदाता रहेकोमा ८ सयभन्दा बढीले मतदान गरिसकेको उनले बताए।

सबै मतदान केन्द्रमा मदतान कार्य सकिएपछि मतगणनाका लागि मत पेटिकाहरु नेपाल प्रज्ञा प्रतिष्ठान लगिने छ। मतगणना कार्य भने साझँ ६ बजेबाट सुरु हुने उनले बताए।

प्रतिकृया दिनुहोस्