RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१३ गते
४८३ पटक

नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने निर्वाचनको तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ।  जिल्ला/नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगतका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने निर्वाचन समितिले जनायो ।

निर्वाचन शनिबार विहान ८ बजेदेखि शुरु हुनेछ। कुनै समस्या नआए शनिबार राती मत गणना हुनेछ। विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आइतबारदेखि अध्यक्ष बन्नेछन भने वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएकाले उनीहरु मध्ये विजयी एक वरिष्ठ उपाध्यक्ष बन्नेछन्।

यस्तै वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। साथै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावीमा होमिएका छन्।

प्रतिकृया दिनुहोस्