RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१८ गते
५८० पटक

काठमाडौं ।  बुधबार संक्रमणमुक्त भएका एक हजार ५६७ समेत गरी अहिलेसम्म दुई लाख १८ हजार १६१ संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबारसम्म नेपालमा कोरोना निको हुने दर ९२ दशमलव तीन प्रतिशत छ । निको हुनेदर बढेपछि सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ मा झरेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण गर्नेमध्ये अहिले १३ दशमलव पाँच प्रतिशतमा संक्रमण दर छ । बुधबार थप भएकासँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ पुगेको छ ।

प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको संख्या प्रदेश १ मा एक हजार ६२९, प्रदेश २ मा २९८, वाग्मती प्रदेशमा छ हजार ७८८, गण्डकी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ६२४, कर्णाली प्रदेशमा १०८ र सुदूरपश्चिम प्रदेशमा ५४५ रहेको छ ।

देशभरमा गरी बुधबारसम्म ३६५ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ३२, प्रदेश २ मा सात, वाग्मती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् ।

त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेश १२ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिम दुई गरी जम्मा ६४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् । आइतबारदेखि बुधबारसम्ममा गरी ३४ हजार ८०२ नमूना परीक्षण भएको छ । यो अवधिमा पाँच हजार ५२३ सङ्क्रमित भए भने छ हजार ९७५ सङ्क्रमणमुक्त भएका थिए । यो अवधिमा नै ८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट हुने मृत्यु दर शून्य दशमलव ६५ प्रतिशत छ । यो संख्या प्रतिदश लाख पोजिटिभमा ५२ दशमलव सात हो ।

प्रतिकृया दिनुहोस्