RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१९ गते
४७९ पटक

काठमाडौँ, मङ्सिर १९ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणमा देखिएका समस्या विश्लेषण गरी समाधानका उपाय खोजिने बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले समस्याको सही रूपमा उजागर हुन नसके समाधान पनि हुन नसक्ने स्पष्ट पार्नुभयो । मन्त्री नेम्वाङले पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै जिम्मेवार निकायमा रहने अधिकारीहरूमा पनि त्यही अनुसार जिम्मेवारी र लगनशीलतामा परिवर्तन आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तित अवस्थामा सबै कुरा परिवर्तन गरेर जाँदा आशातीत प्रतिफल प्राप्त हुन्छ ।”
उहाँले मुलुकको पूर्वाधार निर्माणमा तुलनात्मक रूपमा गत वर्षको भन्दा यो वर्ष राम्रो प्रगति देखिए पनि सन्तोष हुन सक्ने अवस्था नरहेको बताउनुभयो । मातहतका निकायलाई गम्भीर समीक्षा गर्न निर्देशन दिनुहँुदै उहाँले भन्नुभयो, “धेरै गर्न सकिन्छ । त्यसका लागि मिहिन रूपमा समीक्षा गरिनुपर्छ । समस्या के के छन् व्यवस्थापन गर्नुपर्छ ।”
समय अनुसार विकासको माग र मोडेल फरक हुने बताउँदै उहाँले “हिजो एउटा कालोपत्रे थियो आज छ लेनको बाटोको माग हुन थालेको छ । हिजो पहाडैपहाड, डाँडामाथि चढ्ने र ओरालो झर्ने बाटो थियो, आज सुरुङको आवश्यकता भएको छ” भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले मुलुकको समग्र विकासका लागि भौतिक पूर्वाधार क्षेत्र महìवपूर्ण रहेको चर्चा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फिल्डमा काम भएको मन्त्रालय भएको र त्यसै अनुसार काम पनि गरेको भन्दै बधाई दिनुभएको थियो ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप प्रयास गर्न निर्देशन दिनुभयो । उहाँले आयोजना प्रमुखहरूलाई कार्यस्थलमा समय दिनसमेत आग्रह गर्नुुभयो । गोरखापत्र दैनिक………………….

प्रतिकृया दिनुहोस्