रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२९ गते
४३० पटक

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ लगायत देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भु–भागका १–२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
यस्तै आज राती प्रदेश नं १ लगायत देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तराईका अधिकांश भु–भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।