RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/४ गते
५४० पटक

काठमाडौं,  देशभर उत्तर-पश्चिमी वायुको प्रभाव देखिएको छ । अहिले तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा भने केही पातलो कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम भने २ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो काठमाडौको तापक्रम यसवर्ष जाडो सुरु भएपछिकै कम १ दशमलव ६ डिग्रीमा झरेको थियो । आज अधिकतम तापक्रम भने १६ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।

बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बद्ली हुने अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्