RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/५ गते
९५४ पटक

काठमाडौं । अहिले तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ भने प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाकि भू-भागमा मौसम भने सामान्य तया सफा रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
पौष ५ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)
दिउँसो : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ७ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ । साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रतिकृया दिनुहोस्