RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
१७४३ पटक

पोखरामा कुखुराको मासु महंगो भएको छ । बजारमा कुखुराको मासु अभाव भएसँगै व्यवसायीहरुले पोखरामा हाल अहिलेसम्मकै बढी मूल्य तोकेर आम उपभोक्तहरुसँग चर्को मूल्य असुलेका हुन् ।

देशका अन्य शहर भन्दा महङ्गोमा कुखुराको मासु बिक्री हुँदै आएको पोखरामा हिजोआज दैनिक जसो ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४ सय ६० मा बिक्री हुँदै आएको छ । यस अघि पोखरामा प्रतिकेजी ४ सय ४० रुपैयाँसम्म पुगेको बोइलरको मासुको मूल्य हिजोआज बजारमा मासु अभाव भएसँगै मूल्य बृद्धि भएको मासु व्यावसयी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले बताए ।

पोखरामा अझै कुखुराको मासु सहज हुन करिब १० दिन लाग्ने उनले जनाए । १८ दिनसम्म ह्याचरीले कुखुराका चल्ला वितरण नगरेकोले हाल बजारमा कुखुराको मासु अभाव भएँंगै मूल्यमा समेत वृद्धि भएको उनले जनाए । जाडो मौसममा धेरै कुखुरा मर्ने समस्याले गर्दा हरेक वर्ष पुस र माघमा कुखुराको मासु उत्पादन कमी हुने अध्यक्ष तिवारीले जनाए ।
आगामी फागुनको दोश्रो सातादेखि कुखुराको मासु बजारमा सहज रुपमा उपलब्ध भएसँगै मूल्यमा केही कमी आउने भएको नेपाल कुखुरा पालक किसान संघ कास्कीका अध्यक्ष यज्ञप्रसाद गुरुङले बताए ।अन्नपुर्ण पोष्ट दैनिकबाट …

प्रतिकृया दिनुहोस्