RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/११ गते
८४६ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रीहरू थप गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा आजै साँझ राष्ट्रपतिबाट शपथ लिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जामन्त्री भएका छन् भने मणि थापा खानेपानी, प्रभु साह सहरी विकास र प्रेम आले वनमन्त्री भएका छन् ।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् । त्यस्तै दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन् ।

जुलीकुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् । हाल भूमि व्यवस्थामन्त्री रहेकी पद्मा अर्याललाई पुनर्गठित मन्त्रिपरिषदमा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्