RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/११ गते
५८२ पटक

काठमाडौं, जार ७०० पुगेको छ । हालसम्म १९ लाख पाँच हजार ८२६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४३४ जनाको आरटीपीसीआर परीक्षण गर्दा पाँच सयजनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल छ हजार ७४९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ८४० जना सङ्क्रमित निको भएका छन् ।

निको भएकाहरुको संख्या दुईलाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१९ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ७४९ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस्