RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१४ गते
८७७ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड-माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

केन्द्रीय कमिटीको (७-८ पुस) बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम भए पनि नेकपाले मुख्यगरी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । विशेष गरी वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ ।

केन्द्रीय आन्दोलन परिचाल समितिका अनुसार बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने छन् । काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल,घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुश निस्कनेछन् ।

स्थायी कमिटी सदस्य वर्षमान पुनले राजधानीको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने दावी गरेका छन् । युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले काठमाडौंको शक्ति प्रदर्शका लागि व्यापक तयारी आफूहरुले गरेको बताए ।

प्रचण्ड-माधव पक्षले आजको प्रदर्शनलाई आफ्नो शक्ति देखाउने अवसरका रुपमा लिएको छ । अध्यक्ष पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा आफूहरुको विजय भइसकेको बताउँदै अब सडकबाट त्यो निर्धारण हुन बाँकी रहेको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्