RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१५ गते
४७५ पटक

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

दिउँसो सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू९भागका एक९दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राति गण्डकी प्रदेश र  प्रदेश नं १ को पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुधबारको न्यूनतम तापक्रम
बुधबार काठमाडौंमा मंगलबारको तुलनामा थोरै तापक्रम बढेको छ । मंगलबार यो वर्षकै सबैभन्दा चिसो थियो । तापक्रम १.१ डिग्री रहेकामा बुधबार भने बढेर २ डिग्री पुगेको छ ।

अन्य क्षेत्रमा सबैभन्दा कम जुम्लामा बढेर माइनस ७.५, डडेलधुरामा १.७, वीरेन्द्रनगरमा ३.३ डिग्री पुगेको छ ।

दिपायलमा २, धनगढीमा ५, नेपालगञ्जमा ५.४, भैरहवामा ७.६ तथा सिमरामा ८.४ डिग्री पुग्यो ।

अधिकतम तापक्रम मंगलबारकै हाराहारीमा हुने पनि महाशाखाले जनाएको छ । मंगलबार सबैभन्दा बढी जनकपुरमा २५.२ तथा सिमरामा २४.५ डिग्री सेल्सियस रहेको थियो ।

अधिकतममा सबैभन्दा कम लुम्लेमा १३.५ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकामा १७.१ डिग्री सेल्सियस रहेको थियो

प्रतिकृया दिनुहोस्