RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१६ गते
५१८ पटक

इलाम-आलुको बीउ अहिलेसम्मकै महँगो मूल्यमा किनबेच भइरहेको छ । बर्खे बालीका लागि रोप्ने बेला भएको आलुको बीउ हालसम्मकै उच्च मूल्यमा बिक्री भइरहेको हो । किसानले हाल आलुको मूल्य प्रतिमन ८ हजार ५ सय रुपैयाँमा किनबेच गरिरहेका छन् । विशेष गरेर लेकाली क्षेत्रमा किसानलाई हाल आलु रोप्न भ्याइनभ्याइ छ ।

यो समयमा धमाधम बर्खे आलु रोप्ने बेला हो तर लेकाली क्षेत्रका कतिपय किसानले बर्खे आलु रोन्ने समयमा पनि आलुको बीउ नपाएको र पाउँदा पनि अत्यन्तै महँगो मूल्यमा खरिद गर्नु परेको बताउँदै आएका छन् ।

कोरोनापछि भएको लकडाउनका कारण भारतबाट तरकारी नेपाल आउन नपाएको कारण नेपालमा भएको आलु सकिएका कारण बढी मूल्य पर्ने गरेको उनीहरूको भनाइ छ । लेकाली क्षेत्रमा उत्पादन भएको आलु तरकारीमा प्रयोग भएका कारण यहाँ उत्पादित आलु बीउका लागि राख्न नपाएको सन्दकपुरका पेमा शेर्पाले बताए ।

उनका अनुसार उत्पादित आलु तरकारीका लागि इलामसहित तराईका जिल्लाहरूमा गएका कारण यहाँ आलु सकिएको हो । आलु सकिएपछि ब्यापारीका हातमा परेको आलु स्वयम् किसानले महँगो मूल्यमा खरिद गर्नु परेको बताएका छन् । बाँकी रहेको आलुको बीउ पनि आलु बिकास केन्द्र जौबारीले लिएका कारण रोप्ने बेलामा आलु अभाब भएको माईजोगमाई गाउँपालिका प्याङका लोकेन थेवेले बताए ।

बीउ अभावसँगै मूल्य अहिलेसम्मकै महँगो भएको छ । हाल प्रतिमन ८ हजारदेखि ९ हजार हाराहारीमा आलुको बीउ बिक्री भइरहेको छ । “पहिलो त बीउ नै पाइँदैन, पाइयो भने पनि १० हजार भन्छन् घटाएर लिन सक्नुपर्ने हुन्छ,” थेवेले भने । तर बीउ पाउन मुस्किल रहेको उनकाो भनाई छ । बिगत वर्ष यो सिजनमा प्रतिमन २ हजारदेखि २ हजार ५ सयमा बीउ आलु पाइने गरेको थियो । कम आलु रोपेका कारण यस वर्ष यो वर्ष आलु उत्पादनमा धेरै घट्ने निश्चित जस्तै बनेको छ ।

सन्दकपुर र माईजोगमाई, देउमाई नगरपालिका लगायतका माथिल्लो लेकाली क्षेत्रका किसानको मुख्य नगदेबाली आलुमात्र हो । मकै र अन्य बाली मासिन थालेपछि किसानले आलु मात्र लगाउन थालेका भएपछि बीउ पाउने आशाले सुरुमा नै महंगो मूल्यमा खाने आलु बेचेका किसान यतिबेला चिन्तित भएका हुन् । देउमाई नगरपालिकाका दावा शेर्पाले पनि यो वर्ष आलु उत्पादन घट्नेमा चिन्ता ब्यक्त गरे ।

उनले यो वर्ष बीउ अभावले धेरै चिन्तित बनाएको र आउने साल पनि आलुको मूल्य महँगो बन्ने बताए । विगत वर्षमा २० मनभन्दा बढी बीउ रोप्ने उनले यस वर्ष तीन मनमात्र आलु रोपेको बताए । उनले मात्र नभइ उनको आसपासका किसानले समेत उसैगरी कम आलु रोपेको उनी बताउँछन् ।

घरखर्च टार्न, छोराछोरीलाई बिद्यालय पठाउन र अन्य काममा पनि आलुबाटै खर्च गर्ने गरेको भएपनि आउने वर्षबाट समस्या थपिने उनीहरू बताउँछन् । प्रतिपरिवार किसानले गएका वर्षहरूमा ५० मनदेखि २ सय मनसम्म आलु उत्पादन गर्ने गरेको भएपछि अब कम बीउ रोपेकै कारण कम उत्पादन हुने उनीहरूको भनाई छ । लेकाली क्षेत्रका अधिकांश किसानले आलुलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । इलाममा बढी उत्पादन भएकै कारण ‘सात अ’ मा पर्ने आलु पनि एक हो ।

हिउँ पर्ने जमिनमा समेत फस्टाउने आलुु ६ हजार ८१५ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा खेती गर्ने गरिएको छ । कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार जिल्लामा ९४ हजार ४५९ सय टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । विशेष गरेर तरकारीको रूपमा प्रयोग गरिने आलुु इलाम बजार, झापा, मोरङ, काठमाडौंसहित भारतका बजारमा निर्यात हुने गरेको छ ।

खाजा, तरकारी र विभिन्न परिकारमा समेत मिल्ने आलुु सरदर ५० रूपैयाँ प्रतिकिलो बिक्री हुुने गरेको छ । विशेष गरी जिल्लाको उच्च पहाडी भेगका किसानले व्यावसायिक खेती गर्ने गरेका छन् । आलुको नयाँ–नयाँ जात उत्पादन गर्ने उद्देश्यले सरकारले जमुुना र नयाँबजार

गाविसको संगमस्थल जौबारीमा आलुु विकास केन्द्र स्थापना गरेको छ । विशेष गरेर एमएस, डेजिरे, बिटे, सेतो आलुु तथा झ्यालेलगायतका जातका उत्पादन हुुने गरेको छ । उत्पादनको पहिलो सिजनमा २५ रुपैयाँदेखि बीउको समयमा १५० रुपैयाँ प्रतिकिलो आलु बिक्री हुँदै आएको छ । कारोबार दैनिकबाट ……………………………..

प्रतिकृया दिनुहोस्