RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२६ गते
१०४४ पटक

काठमाडौं । निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको छ । निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ । सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको हो ।

पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ । सिफारिसमा एक नम्बरमा पर्ने सहसचिव नै स्वतः सचिव हुने भएकाले सचिव बन्न दौडधूप गर्ने पद्धति भने बन्द भएको छ ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ पालैपालो बढुवा गर्ने पद्धतिको विकास गर्दै आएकाले बढुवा प्रक्रिया विवादरहित हँुदै आएको छ ।
गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर भर्खरै मात्रै सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रक्रिया थालेसँगै रिक्त प्रशासनतर्फको तीन सचिव पदमा वरिष्ठ सहसचिवहरू एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी सचिव बन्ने निश्चित छ । सचिवमा बढुवा हुने तयारीमा रहेका सहसचिवहरूमध्ये अर्याल हाल कोलकातास्थित नेपाली महावाणिज्यदूतमा कार्यरत छन् ।
अर्याल कुशल प्रशासकका रूपमा परिचित छन् । सुधारक छविका उनी गृहका अनुभवी हुन् । यी तीनमध्ये सबैभन्दा पहिला पाण्डे सचिव बन्नेछन् । पाण्डे शिक्षाका अनुभवी हुन् । पाण्डेलगत्तै अर्याल सचिव बन्नेछन् भने अर्यालपछि पुडासैनीको सचिव बन्ने बाटो खुल्नेछ ।राजधानी दैनिकबाट …

प्रतिकृया दिनुहोस्