RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२६ गते
७८१ पटक

नेपाल कम्युनिस्ट पार्टीभित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर सकस बढेको छ।नेताहरूको फरक–फरक धारणा आइरहँदा एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा अझै निर्णय लिन सकेको छैन।

केन्द्रीय समितिमा बहुमत सदस्यले एमसीसी पारित गर्न केही बुँदा संशोधन गर्नुपर्ने माग गरेपछि पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरे पनि त्यसले अझै गति लिएको छैन। यद्यपि कार्यदलको बैठक दुईपटक बसिसकेको छ। कार्यदलका संयोजक खनालले एमसीसीबारे नेताहरूले उठाएको संशोधन गर्नुपर्ने बुँदामा अध्ययन भइरहेको बताउनुभयो।

गत १९ गते सम्पन्न केन्द्रीय समिति बैठकले खनाल कार्यदललाई १० दिने म्याद दिएकाले बाँकी चार दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने बाध्यता छ। नेकपाका नेताहरूले एमसीसी अस्वीकार गर्ने भनेका भने छैनन्। तर स्थायी समिति सदस्य एवं कार्यदलका सदस्य भीम रावलले भने संशोधन गर्नुपर्ने १० बुँदे फरक मत केन्द्रीय समितिमा बुझाइसक्नुभएको छ। उहाँले कार्यदलमा पनि सोही अडान दोहोर्याउनुभएको छ। newsofnepai.com

प्रतिकृया दिनुहोस्