RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
१५२२ पटक

मोरङ । सुनसरीको दुहवीकी सम्झना खत्रि परियारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

३२ वर्षीया खत्रीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई मोरङको बुढीगंगा गाउँपालिका– ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो । साह क्वालिटी नुडल्स प्रालीमा स्टोर इञ्चार्जका रुपमा कार्यरत थिए ।

पक्राउ परेका साहले खत्रीसँग आफ्नो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको र बारम्बार फोन गर्दा पनि नउठाएको झोंकमा हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै आरोपीत साहमाथि उजुरी समेत परेकाले कर्तत्व ज्यान मुद्दा चलाइने जानकारी दिए ।आजको राजधानीमा खबर छ

प्रतिकृया दिनुहोस्