RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
१२०२ पटक

चीनमा उद्धारको पर्खाइमा रहेका डा. गौरव पोखरेल र मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माबीच आइतबार मध्याह्न भएको भिडियो कुराकानीको सम्पादित अंश–
डा. गौरव पोखरेल : अध्यक्षज्यू, नमस्कार। म डा. गौरव पोखरेल।

अनुपराज शर्मा : नमस्कार। तपार्इंहरूको अवस्था कस्तो छ ?

डा. पोखरेल : हाम्रो अवस्था एकदमै नराम्रो छ। यहाँ बाँच्न गाह्रो छ। कोरोना भाइरसको संक्रमण बढेको बढ्यै छ। मान्छे मरेका मर्‍यै छन्। अर्को कुरा दैनिक खाद्यवस्तुको पनि अभाव छ।

शर्मा : चीन सरकारबाट कस्तो सहयोग भइरहेको छ ? नेपाल सरकारले कुनै किसिमको सहयोग गरेको छ कि छैन ?

डा. पोखरेल : नेपाल सरकारले १० दिनअघि हाम्रो लिस्ट बनायो। आश्वासन दियो। हामीलाई लैजान सक्नुहुन्न भने कृपया हामी बसेको ठाउँमा आउनुस् भनेको थिएँ। यहाँ आएर भेट्नुस्। कसरी लैजाने, सल्लाह गरी आश्वासन दिनू भनेर मैले आग्रह पनि गरें। के गर्ने ? कसरी गर्ने ? सल्लाह गर्नुस् भन्दा गर्न चाहनुभएन। हाम्रो रिपोर्टिङ खासै राम्रोसँग गर्नुभएजस्तो लाग्दैन। हाम्रो अवस्था एकदमै नाजुक छ। कोही गर्भवती हुनुहुन्छ। बच्चासहित बसेका विद्यार्थीहरू हुनुहुन्छ। उहाँहरूलाई झन् धेरै तनाव छ।आजको अन्नपुर्ण पोष्टमा खबर छ

प्रतिकृया दिनुहोस्