RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
९७४ पटक

जुम्ला – कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० को आफ्नै नारा तर्जुमा प¥यो। त्यो नारा हो,‘यसपाली घुमौँ कर्णाली।’ यो नारा निकै आकर्षक छ। सबैको जनजिब्रोमा सहजै रुपमा बसेको पनि छ। कर्णाली प्रदेशले आफ्नो अनुकुलको लोगो समेत सार्वजनिक ग-यो। जसले कर्णालीको पर्यटन क्षेत्रलाइ निकै अघि बढाउने संकेत दिएको थियो। तर पर्यटन वर्षको शुरुको एक दिन बाहेक पछिल्ला दिनमा पर्यटकीय क्षेत्रमा कुनै तामझाम हुन सकेन्। न पर्यटकीय क्षेत्रमा भने अनुसारका पर्यटक आउन सके, नत आइरहेका आन्तरिक तथा बाह्य पर्यटकलाइ उत्साहित गर्ने खालका कार्यक्रम नै गरियो। उल्टै पर्यटक पनि अलमलमै छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक तथा बाह्य पर्यटकलाइ कर्णाली भ्रमणको निम्तो दिए। कर्णाली आर्थिक, सामाजिक, साँस्कृतिक र प्राकृतिक पर्यटनको खानी हो, उनले भनेका थिए,‘ एक पटक कर्णाली घुमेर सबै पर्यटकीय क्षेत्रको अवलोकन गरौँ। यहाँको मनोरम दृश्यमा डुबौँ। कर्णालीको सुन्दरता हरेक पर्यटकका लागि अजर अमर रहनेछ।’

कर्णाली आर्थिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक हिसावले पर्यटनको गन्तब्य हो। एक पटक यसपाली घुमौँ कर्णाली। कर्णाली आफैमा प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो। एक पटक महसुस गरौँ कर्णाली। ’ पर्यटन वर्षको शुभारम्म कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य बुलबुलेबाटै भएको थियो। उद्घाटन कार्यक्रमको तडकभडक हेर्दा साँच्चै कर्णालीमा पर्यटन वर्ष निकै प्रभावकारी हुने विश्वास थियो।

त्यो दिन बाहेक पछिल्ला दिनमा न कर्णाली प्रदेशमा आउने पर्यटकलाइ सम्मान गरियो। न पर्यटन वर्षका कुनै क्रियाकलाप भए। पर्यटन वर्ष सुनसान बन्यो। पर्यटनमैत्री कार्यक्रम हुनै छाडे। कर्णाली पर्यटकीय क्षेत्रमा निकै धनी छ।   स्थानीय भन्छन्,‘कर्णाली सबै हिसावले अब्बल छ। तर सरकारी नजरमा नपर्दा कर्णाली परनिर्भरको बाटोमा उन्मुख छ। यहाँ पर्यटक हिड्ने सहज बाटो छैन्। पर्यटकलाइ खाने पर्यटकमैत्री खाना छैन्। पर्यटकमैत्री भौतिक संरचना छैनन्। एक पटक कर्णाली आउने पर्यटक निकै उत्साहित देखिन्छन्, तर आउजाउ गर्ने बाटो कठिन भएका कारण समस्या भएको गुनासो पोख्छन्।नागरिक दैनिकबाट …..

प्रतिकृया दिनुहोस्