RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२८ गते
९५२ पटक

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं।

कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य अकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ। जब कि २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो।

गत आव ०७५।७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो। हामीले त्यही अवधिमा १५ लाख मूल्यबराबरको १८ मेट्रिक टन निर्यात गरेका थियौं। कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले झल्काउँछ।यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ

प्रतिकृया दिनुहोस्