RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२८ गते
७४२ पटक

सिमकोट । स्थलमार्गबाट काठमाडौं–केरुङ्ग–हिल्सा हुँदै जिल्लाको सल्ली खोला पुगेको ढुवानी अनुदानको तीन सय क्वीन्टल चामल बीच बाटोमै कुहिएको छ । चामल नभएर स्थानीयले खाद्यान्नको समस्या झेलिरहेका बेला राज्य कोषको रकमले ढुवानी भएको नेपाल खाद्य संस्थानले उपलब्ध गराउने चामल प्रयोग गर्न नमिल्ने गरेर कुहिएको हो ।

चीनको बाटो प्रयोग गरेर स्थल मार्ग हुँदै आर्थिक वर्ष २०७५/०७६ आईपुग्नु पर्ने चार हजार क्वीन्टल चामलमध्ये पुस महिनासम्म टिप्परबाट सिमकोट ढुवानी भएको चामल तीन हजार सात सय क्वीन्टल चामल मात्रै जिल्ला पुगेपछि तीन सय क्वीन्टल चामलबीच बाटोमै कुहिएको कुरा थाहा भएको खाद्य संस्थान हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

यातायातको राष्ट्रिय सञ्जालमा नजोडिएको जिल्लामा नेपाल सरकारले ढुवानी अनुदानमा दिँदैं आएको चामल पु¥याउन निजी विमान कम्पनीले समयमा ढुवानी नगर्ने र राज्यलाई पनि व्ययभार बढी पर्ने भएपछि काठमाडौं–केरुङ्ग–हिल्साको मार्ग भएर केही वर्ष पहिले सरकारले उक्त मार्गबाट चामल ढुवानी गर्न थालेको थियो ।

गएको आर्थिक वर्षका लागि स्थलमार्ग हुँदैं सिमकोटका लागि ल्याउने भनिएको चार हजार क्वीन्टल चामलमध्ये तीन सय क्वीन्टल चामल संस्थान र ठेकदारको लापरबाहीका कारण सिमकोटबाट झण्डै १५ कोषको दुरीको सल्ली खोलामा कुहिएको हो । गएको भदौ महिनाबाट केरुङ्ग हुँदै हिल्सा पुगेको उक्त चामल असोज र कात्तिक महिना टिपरबाट सिमकोट ओसार्न थालिएको संस्थान शाखा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

ढुवानी भएर सल्ली पुगेको चामल ठेकदार र खाद्य संस्थान जिल्ला कार्यालयले समयमै सिमकोट ढुवानी गर्नमा ध्यान नदिएकाले बाटोमै कुहिएको हो । तर संस्थानको सिमकोट कार्यालयले भने हिमपातका कारण ढुवानी हुन नसकेर चामल कुहिएको दाबी गरेको छ । ‘मंसिर महिनाको अन्तिम सातादेखि जिल्लामा निरन्तर हिमपात भएको छ ।’

शाखा प्रमुख प्रमुख विष्टले भने, ‘सिमकोट पुग्नुपर्ने बाँकी रहेको तीन सय क्वीन्टल चामल हिमपातले कुहिएको होला ।’ भारी हिमपातले सल्ली खोलाको एक निजी घरमा प्लाष्टिकको भरमा छोपेर राखिएको चामल कुहिएको उनले बताए ।कर्णालीपत्र दैनिकबाट …

प्रतिकृया दिनुहोस्