RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२८ गते
७४७ पटक

काठमाडौं । मन्त्रिपरिषदको मंगलबार अपरान्ह बसेको बैठकले नेपाल प्रहरीको नयाँप्रहरी महानिरीक्षकमा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको हो ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं.१ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । प्रहरी महानिरीक्षकबाट सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो।

३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । बढुवासँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली नेपाल प्रहरीको २७ औं आईजीपी बनेका हुन्।

 

प्रतिकृया दिनुहोस्