RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
९८४ पटक

काठमाडौं : चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो। नेपालमा उनीहरूका अभिभावक सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार मागिरहेका छन्। सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। ‘हामीले सबै आन्तरिक व्यवस्थापन गरिसकेका छौं’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा भने।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धारको पूर्वतयारी भएको हो। उद्धार, स्वास्थ्य जाँच र निगरानीका लागि सेना, सशस्त्र प्रहरी, स्वास्थ्य, पाइलट, चालक दलका सदस्य, विमानस्थलका कर्मचारी गरी सयभन्दा बढीलाई तालिम दिइएको छ। तालिमप्राप्त व्यक्ति उद्धारदेखि क्वारेन्टाइनमा खटिनेछन्।

बेइजिङस्थित नेपाली दूतावासको पहलमा वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थीलाई फर्काइन लागेको हो। त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनभित्र नेपाल वायुसेवा निगमको जहाज चीन पठाइनेछ। मन्त्री ढकालका अनुसार उद्धार गर्न जाने चिकित्सकलगायत स्वास्थ्यकर्मी र पाइलटसहित चालकदलका सदस्यलाई निश्चित अवधिसम्म निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ।अन्नपुर्ण पोष्ट दैनिकबाट ….

प्रतिकृया दिनुहोस्