RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
८०४ पटक

नेपाल वायुसेवा निगमले फागुन १९ देखि जापानको नारितामा उडान गर्ने भएको छ ।साताको तीन उडान गर्ने गरी निगमले समयतालिका तयार पारेकोे जनाएको छ ।निगमले काठमाडौं–जापानको–नारिता सीधा उडानभर्न लागेको हो ।

एयरबस ए३३०–२०० गरिने सीधा उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।

जापानमा प्यासेन्जर सेल्स एजेन्ट (पीएसए) यसअघि नै नियुक्त गरिसकेको छ । निगमले मार्च २ बाट नारिता उडानको लागि उडान अनुमति प्राप्त गरिसकेको प्रवक्ता अर्चना खड्काले बताइन् ।

उनले भनिन्, “जापान उडानको सम्पूर्ण तयारी पूरा भइसकेको छ, निगमले फेब्रुअरीको अन्तिमसम्म ओशाका र मार्च २ बाट नारिता उडान गर्नेछ।”सोमबारसम्म एक सयभन्दा बढी बुकिङ संकेत भएको जनाइएको छ । नारिता उडानसँगै ओसाका उडान बन्द हुने छ । भदौ १२ देखि जापानकै ओसाकामा सीधा उडान सुरु गरेको निगमले यात्रु पाउन नसकेपछि नारिता उडानका लागि पहल गर्दै आएको थियो । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्