RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
७८३ पटक

माघ २९ । नेकपाले फागुन महिनामा अभियानको तयारी र चैत १ गतेदेखि पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि उपत्यकासहित सातै प्रदेशमा अभियान सुरु गर्दैछ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार मंगलबार बिहान नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भएको छलफलपछि प्रदेशस्तरीय भेला र बैठकका मिति तय भएका हुन्।

अध्यक्षद्वय ओली र प्रचण्डसहित सचिवालयका सबै सदस्य सहभागि हुने महासचिव पौडेलले जानकारी दिनुभयो । ‘अभियानमा सचिवालयका सबै कमरेड सहभागि हुनुहुनेछ।

चैत्र १ बाट जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने योजना नेकपाको छ। गत माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले विशेष अभियानको कार्ययोजना पारित गरेको थियो।

पार्टी एकताको २० महिनापछि नेकपाले तल्लो कमिटीसम्म पुग्‍ने गरी अभियान चलाउन लागेको हो। यस्तै,अभियानका क्रममा पार्टी सदस्यताको नवीकरण गर्ने योजना नेकपाको छ। अभियानमा केन्द्रीय सदस्यसहित सबै पार्टी सदस्य जोडिने छन्।

प्रदेशस्तरीय भेला एक दिन र अर्को दिन बैठकको कार्यक्रम तय भएको छ। नेकपाले प्रदेशस्तरीय भेला प्रदेश ५ बाट सुरु हुनेछ ।  प्रदेश ५ मा फागुन ४ गते भेला र ५ गते बैठक, कर्णाली प्रदेशमा फागुन ६ र ७, सुदूरपश्चिम प्रदेशमा फागुन ९ र १०, गण्डकी प्रदेशमा फागुन १२ र १३, वाग्मती प्रदेशमा १५ र १६, प्रदेश २ मा १८ र १९ र प्रदेश १ मा २० गते भेला र २१ गते बैठक तय भएको छ।

 

प्रतिकृया दिनुहोस्