RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१ गते
७६२ पटक

काठमाडौं : तत्कालीन माओवादीले पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा ०५२ साल फागुन १ बाट सशस्त्र युद्ध सञ्चालन गरेको थियो। त्यसै दिनको अवसर पारेर नेकपाले बिहीबार पार्टी मुख्यालयमा जनआन्दोलन र जनयुद्धको शहीदहरूको सम्झनामा श्रद्धाञ्‍जलीसभा कार्यक्रम आयोजना गर्‍यो।

तर, नेकपाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागिता जनाएनन्। नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्तरूपमा सूचना जारी गरी प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै सहभागी हुने जानकारी गराएका थिए।

तर, अन्त्यमा ओली कार्यक्रममा सहभागी भएनन्।  गत वर्षको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सहभागिता जनाएका थिएनन्। तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता भएपछि नेकपाले दुईपटक जनयुद्ध दिवस मनाएको छ। दुवैपटक प्रधानमन्त्री ओली सहभागी भएनन्।

प्रतिकृया दिनुहोस्