RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/७ गते
१०४५ पटक

सुर्खेत । समृद्ध नेपाल निर्माण गर्नका लागि कृषिमा आत्मनिर्भर बन्न सके सफल भईने उपराष्ट्रपति नन्दवहादुर पुनले बताउनु भएको छ ।

मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयको अर्गानिक कृषि मोडल फार्म प्रदर्शनिक तथा अन–फार्म अनुसन्धान प्लटको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कृषिमा आत्मनिर्भर हुनु पर्ने बताउनु भएको हो । कृषि पेशा देश समृद्ध मात्र होईन जिवन परिवर्तन गर्ने एक माध्यम भएको उहाँले बताउनु भएको छ ।

कर्णाली प्रदेशको अर्गानिक प्रदेश बनाउने उदेश्यलाई केन्द्र सरकारबाट भरपुर सहयोग गरिने बताउनु भएको छ । नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयले दिएको मागपत्र अनुसार सम्बन्धित निकायको ध्यान आकषर्ण गराउने उहाँले प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाएर पोषण युक्त प्रदेशको रुपमा चिनाउने प्रदेश सरकारको मुख्य उदेश्य रहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसिले बताउनु भएको छ । कर्णाली प्रदेशमा कृषिको निकै सम्भावना भएकाले अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयको अर्गानिक कृषि मोडल फार्म प्रदर्शनिक तथा अन–फार्म अनुसन्धान प्लटको विकास वृद्धिका लागि उपराष्ट्रपति नन्दवहादुर पुनलाई माग पत्र पेश गरिएको छ । विद्यालयले प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने लक्ष्यलाई आत्मसाथ गरि निकै सहयोग गर्ने भएको विद्यालय परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्