RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/८ गते
९०५ पटक

रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीमार्फत  काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर बिचल्लीमा पर्ने गरेको पाइएको हो ।

यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा काम गरिरहेका नेपाली महिला धेरै छन् । सोभैm रोजगारीका लागि साउदी अरब जान महिला कामदारका लागि विभिन्न प्रक्रिया पार गर्नुपर्ने भएकाले यो प्रक्रिया छल्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा पठाइने गरेको पाइन्छ । यस्ता कम्पनीमा काम गरिरहेका नेपाली महिलाहरू पारिश्रमिक, आवास, कार्यस्थल, घर फिर्ति, औषधोपचार लगायतका सुविधाबाट बञ्चित हुने गरेको दूतावासले जनाएको छ ।

यसरी गएका र अन्य विवादमा बिचल्लीमा परेका नेपाली महिलालाई साउदी अरबस्थित नेपाली दूतावासले सेल्टरमा राखी क्रमशः नेपाल पठाउँदै आएको छ । चालू आर्थिक वर्षको ४ महिलामा साउदीस्थित नेपाली दूतावासले विभिन्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूबाट उद्धार गरेर १२ महिलालाई आश्रय दिएको थियो । यो अवधिमा उद्धार गरी सेल्टरमा राखिएका मध्ये कानुनी प्रक्रिया पूरा गरेका ९ जनालाई भने दूतावासले स्वदेश फर्काइसकेको छ । दूतावासले सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा काम गर्ने महिला श्रमिकमा धेरै समस्या देखिन थालेपछि यसको मागपत्र समेत रोक्का गरेको छ । कारोेबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्