RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/८ गते
८१६ पटक

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ। अहिलेसम्म आठ जना मारिएको र पाँचजना घाइते भएको विवरण आएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो।दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ।

हानाउ सहरको मध्य भागमा रहेको एउटा शीशा बारमा पहिलो आक्रमण भएको र हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको समाचारमा उल्लेख छ।

घटनापछि आक्रमणकारी फरार भएको अधिकारीहरूलाई उद्धृत गर्दै बिल्ड पत्रिकाले लेखेको छ।
स्थानीय समयअनुसार घटना बुधबार राति १० बजे भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्